काठमाडौं – आरोही मिङ्मा दोर्ची शेर्पाले सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शेर्पाले आफुले सगरमाथा र लोत्से हिमाल ६ घण्टा १ मिनेटमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेको बताए ।
उनले यहीँ सिजनमा विश्वको पाँचौं अग्लो मकालु शिखरको समेत आरोहण गरेका छन् । गत जेठ १३ गते सोमबार बिहान १२ः४४ मा समरमाथाको आरोहण सुरू गरेका मिङमा सोही दिनको बिहान ६ः४५ मा लोत्से शिखर पुगेका थिए ।
आफ्नो आरोहणले ‘भिजिट नेपाल २०२०’ लाई समेत सहयोग पुर्याएको उनले बताए । साथै नेपालमा विदेशी पर्यटक भित्र्याउन आ–आफ्नो क्षेत्रबाट सबैले भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।




प्रतिक्रिया