काठमाडौं– मौसम पूूर्वानुमान महाशाखाले आगामी ७२ घण्टाको मौसमको प्रक्षेपण गरेको छ। महाशाखाका अनुसार असार २१ गते मुलुकको पूर्वी र मध्य क्षेत्रमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
बाँकी भूभागमा आंशिक बदली हुने र अपराह्नपछि बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै, असार २२ गते देशैभरी मौसम बदली भई पूर्वी तथा मध्य भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । पश्चिमका केही स्थानमा भने हल्का वर्षा हुने अनुमान गरिएको छ ।




प्रतिक्रिया