भारतमा ‘मोन्था चक्रवात’ सक्रिय, नेपालमा वर्षा र हावाहुरीको चेतावनी

भारतमा ‘मोन्था चक्रवात’ सक्रिय, नेपालमा वर्षा र हावाहुरीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतीय मौसम विभागले बंगालको खाडीमा विकसित मोन्था नामको चक्रवातले मंगलबार भारतमा शक्तिशाली आँधी सिर्जना गर्ने जनाएको छ।

हाल बंगालको खाडीमा सक्रिय रहेको उक्त चक्रवात आज आन्ध्र प्रदेशको तट पार गर्ने अनुमान गर्दै आन्ध्र प्रदेश र ओडिशाका केही भागहरूमा चक्रवातको चेतावनी जारी गरिएको छ।

भारतीय मौसम विभागले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘चक्रवात साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनमको बीचमा तट पार गर्ने सम्भावना छ।’

मोन्था आँधीको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टाको दरले बढ्ने अनुमान गरिएको छ । भारतीय मौसम विभागले चक्रवात ‘मोन्था’को प्रभावका कारण मंगलबार देखि बिहीबारसम्म महाराष्ट्रको विदर्भ क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

नेपालमा मोन्था आँधीको प्रभाव देखिने मौसम विज्ञान विभागले जनाएको छ । मोन्था चक्रवातले नेपालको पूर्वी क्षेत्रमा वर्षा र हावाहुरी हुने सम्भावना रहेको छ ।

मंगलबारदेखि विहीबारसम्म बंगालको खाडीबाट सक्रिय भएको मोन्था चक्रवातले हिमपात र वर्षा गराउनेछ । मंगलबार मोन्था आँधीले देशैभरकै बदली गराउने र वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।