मनसुनी वायुकाे प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना

मनसुनी वायुकाे प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । नेपालमा मनसुनी वायुकाे प्रभाव रहेकाले मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १ , लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका स्थानमा पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।