राजनीतिक दल खोल्ने जेनजी आन्दोलन अगुवा ढुंगानाको घोषणा

राजनीतिक दल खोल्ने जेनजी आन्दोलन अगुवा ढुंगानाको घोषणा

‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ बटमलाइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेन जी आन्दोलनका अगुवा मिराज ढुंगानाले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।

काठमाण्डुको एभरेष्ट होटलमा शनिबार पत्रकार सम्मेलन गरेर ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोाषणा गरेका हुन् । उनले राजनीतिक दल खोलेर अघि बढ्न लागेको पनि बताए।

‘हामी चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ। भिडले देश विकास हुँदैन, कि एनजिओ खोल्नुपर्‍यो कि पार्टी नै खोल्नुको विकल्प छैन। हामीले यो आन्दोलनलाई छाडेर जान मिल्दैन’, उनले भने ।

उनले जेनजीहरुलाई एक ठाउँमा आउन आह्वान पनि गरे। पार्टी खोले पनि आफूहरूको बटमलाइन पूरा नभएसम्म चुनावमा नजाने उनले स्पष्ट पारे ।

‘प्रत्यक्ष निर्वाचित कार्यकारी नै हाम्रो बटमलाइन हो। त्यो मुद्दालाई सुन्नौं पर्छ। हामी चुनावमा जान भन्दा पनि सङ्गठित भएर अघि बढ्नको लागि पार्टी खोल्न लागेका हौँ’ ढुंगानाले भने ।

उनले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था मिलाउनुपर्ने, भ्रष्टाचार अन्त्य गर्नको लागि नागरिक स्तरीय छानबिन समिति गठन गर्नुपर्ने पनि सर्त राखे।

ढुंगानाले आफू जेनजी अगुवा भएको, वर्तमान सरकार जेनजीले नै बनाएको तर आफू भने त्यसमा नपर्ने बताए ।