मोरङको उखुबारीबाट निकालिएको दुवै शवको पहिचान खुल्यो

मोरङको उखुबारीबाट निकालिएको दुवै शवको पहिचान खुल्यो


काठमाण्डु- मोरङको धनपालथान गाउँपालिका- ७ स्थित उखुबारीमा फेला परेको दुई शवको पहिचान खुलेको छ ।  माघ १३ गते खाल्डोबाट उत्खनन गरिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

चौधरी यसअघि उखुबारीमै मृत फेला परेका राजेन्द्रकुमार श्रेष्ठको साथी रहेको पुष्टि भएको छ । गत बुधबार र बिहीबार उखुबारीको जमिनमुनि सडेको अवस्थामा दुई वटा शव फेला परेको थियो ।

प्रहरीले बिहीबार दिउँसो उत्खनन् गरेको शवसँगै भेटिएको कागजातका आधारमा धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका श्रेष्ठको पहिचान खुलेको थियो । तर, चौधरीको भने आजमात्र सनाखत भएको हो ।