मोरङमा टुंगियो भागबण्डा, कांग्रेसले ४ र माओवादीले २ सिट पाउने

मोरङमा टुंगियो भागबण्डा, कांग्रेसले ४ र माओवादीले २ सिट पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मोरङमा सत्ता गठबन्धनका प्रमुख चार दलले सिट भागबण्डा टुंगो लगाएका छन् । मोरङको प्रतिनिधिसभाका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा नेपाली कांग्रेसलाई र २ वटा माओवादीलाई दिनेगरी सहमति भएको हो ।

कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले गठबन्धन दलबीच मोरङको ६ वटै क्षेत्रमा सहमति भइसकेको जानकारी दिए । क्षेत्र नम्बर ४ र ५ नेकपा माओवादीले पाउने भएको छ भने बाँकी ४ वटा निर्वाचन क्षेत्र कांग्रेसको भागमा परेको छ । ४ र ५ यसअघि ०७४ को निर्वाचनमा पनि माओवादीले जितेको थियो ।

मोरङ १ बाट कांग्रेसका डिकबहादुर लिम्बू, २ डा.मिनेन्द्र रिजाल र सुजाता कोइरालामध्ये एक जना, ३ बाट कांग्रेसका सुनिल शर्मा, ४ बाट माओवादीका अमनलाल मोदी, ५ बाट माओवादीकै शिवकुमार मण्डल र मोरङ क्षेत्र नम्बर ६ बाट कांग्रेस नेता डा. शेखर कोइरालाले एमालेसँग प्रतिस्पर्धा गर्नेछन् ।