उर्लाबारी आगलागीका १० घाइतेलाई काठमाडौं ल्याइयो

उर्लाबारी आगलागीका १० घाइतेलाई काठमाडौं ल्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली सेनाले १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार गरेको छ ।

यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरी र २३ सर्वसाधारण समेत गरी २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौं ल्याइएको हो ।

कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौं ल्याइएको थियो ।