मोरङमा दुर्घटना न्यूनिकरण गर्न टाइमकार्ड

मोरङमा दुर्घटना न्यूनिकरण गर्न टाइमकार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दुर्घटना न्यूनिकरण गर्न मोरङको सुन्दर हरैचा नगरपालिका–७ गछियाको ट्राफिक प्रहरी पोष्टबाट बिहीबारदेखि टाइमकार्ड शुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार टाइमकार्ड प्रदेश नं १ मा मोरङ, सुनसरी र झापाका १३ स्थानबाट शुरु भएको छ ।

टाइमकार्ड शुरु भएको स्थानबाट वितरण गरिएको टाइमकार्डअनुसार नचल्ने सवारी साधनलाई कारवाही गरिने र यसबट राजमार्गमा हुने सवारी दुर्घटनामा कमी आउने ट्राफिक प्रहरी निरीक्षक राकेश पोदारले जानकारी दिए ।