मोरङमा माधव नेपाल समूहको समानान्तर कमिटी गठन

मोरङमा माधव नेपाल समूहको समानान्तर कमिटी गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – नेकपा एमालेको माधव कुमार नेपाल समूहले मोरङमा समानान्तर कमिटी गठन गरेको छ ।

पार्टीका वरिष्ठ नेता नेपालको उपस्थितीमा मोरङमा नेपाल समूहले चन्द्रवीर राईको नेतृत्वमा ३ सय २५ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा चण्डीप्रसाद राई र डा. उद्धव पोखरेल रहेका छन् । यस्तै सचिवमा राजन केसी, उपसचिवमा ओसिम आलम, निलम ढुंगेल र आर्थिक प्रमुखमा विश्वनाथ राई रहेका छन् ।

त्यस्तै नेपाल समूहले विराटनगर महानगर कमिटी पनि गठन गरेको छ । पारुल क्षेत्रीको नेतृत्वमा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको हो । महानगर कमिटिको उपाध्यक्ष खेम तिम्सिना, सचिव किरण दाहाल, उपसिचव योगेशराज भण्डारी चयन छन् ।