मोरङ-२ मा मिनेन्द्र र सुजता सिफारिस, कसले पाउला टिकट ?

मोरङ-२ मा मिनेन्द्र र सुजता सिफारिस, कसले पाउला टिकट ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांंग्रेसले मोरङ क्षेत्र नम्बर–२ मा डा. मीनेन्द्र रिजाल र सुजता कोइरालाको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय कमिटीले मंसिर ४ गते हुने प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारमा मोरङ २ बाट रिजाल र कोइरालाको नाम सिफारिस गरेको हो ।

उम्मेदवारमा सर्वसम्मत नभएपछि उनीहरु दुवै जनाको नाम सिफारिस गरेको मोरङ – २ कांग्रेसले जनाएको छ । रिजाल २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गर्दै संसद निर्वाचित भएका थिए ।

सुजाता कोइराला भने बुबा गिरिजाप्रसाद कोइरालाले चुनाव लडेको क्षेत्रबाट आफू उम्मेदवार बन्ने बताउँदै आएकी छिन्। दुवै नेताले एक अर्कालाई समानुपातिक सूचीमा बस्न आग्रह गर्दै आएका छन्।