मोरङमा एमाले नगर कमिटीको बैठक स्थलमा तोडफोड

मोरङमा एमाले नगर कमिटीको बैठक स्थलमा तोडफोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले नगर कमिटी उर्लाबारीको विस्तारित बैठकस्थलमा तोडफोड गरिएको छ । मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले नगरस्तरीय विस्तारित बैठक बोलाएको थियो । बैठक सुरु हुनुअघि नै बैठकस्थलमा राखिएका कुर्सी तोडफोड गरिएको छ ।

ओली पक्षले नगर कमिटी घोषणा गर्ने र सदस्यता नवीकरणका लागि भन्दै विस्तारित बैठक बोलाएको र भेला सुरु हुनुअघि बैठकस्थलमा राखिएका कुर्सी तोडफोड भएको उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए ।

उनका अनुसार तोडफोडको विषयमा छानबिन भइरहेको छ । ओली पक्षले माधव नेपाल समूहका कार्यकर्ताले तोडफोड गरेको हुन सक्ने आशंका गरेका छन् । तर, माधबकुमार नेपाल समूहका नगर संयोजक गंगा बाँस्तोलाले आफूलाई बैठकमा भएको तोडफोडबारे जानकारी नभएको बताए ।