काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले मोरङ क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय कमिटीले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनतर्फ यादवसहित दुई जनाको नाम सिफारिस गरेको हो ।केन्द्रीय अध्यक्ष यादवसँगै जिल्ला अध्यक्ष राजकुमार यादव प्रत्यक्ष तर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् ।
मधेश आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदायका यादव २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ ५ बाट विजयी भएका थिए ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी कांग्रेस उम्मेदवार अमृत अर्यालसँग पराजित भएका थिए । २०७४ सालमा उनले सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए ।




प्रतिक्रिया