जनताको निराशाबाट राजावादीले फाइदा उठाउन खोजेको समाजवादी मोर्चाको निष्कर्ष

जनताको निराशाबाट राजावादीले फाइदा उठाउन खोजेको समाजवादी मोर्चाको निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत सम्मिलित समाजवादी मोर्चाले गणतन्त्रवादीहरू एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा सोमबार बसेको मोर्चाको बैठकले राजसंस्थाबाट मुलुक र जनताको हित हुन नसक्ने भन्दै जनतामा छाएको निराशाबाट राजसंस्थावादीले फाइदा उठाउन खोजेको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द लगायत नेताहरू सहभागिता बैठकले मंगलबार फेरि बैठक बसी पछिल्लो राजनीतिक गतिविधिबारे धारणा सार्वजनिक गर्ने जनाएको छ ।