एमसीसीको विरोधमा साना ९ दलले बनाए मोर्चाबन्दी


काठमाडौं – नेपाल–भारतको सीमा विवाद, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध संघर्ष गर्ने गरी विभिन्न ९ दलले कार्यगत गरेका गरेका छन् ।

शनिबार राजधानीमा नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय एकताका लागि संघर्ष गर्ने निर्णय गर्दै ९ दलले कार्यगत एकता गरेका हुन् ।

बैठकले माघ २४ गते हरेक प्रदेशमा विरोधसभा गर्ने निर्णयसमेत गरेको छ । काठमाडौं, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोधसभा गर्ने निर्णय बैठकले गरेको हो ।

नौ दलीय समूहमा मसालका महामन्त्री सिंहसँगै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण, नेकपा (माले) महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेललगायतले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement