काठमाण्डु – विप्लव नेत्रृत्वको भातृ संगठन नेकपा निकट अखिल क्रान्तिकारी काठमाण्डुका जिल्ला अध्यक्ष गोविन्द विष्टले काठमाण्डुको बसुन्धारास्थित मोर्गन कलेजले ओली सरकार र प्रहरी प्रशासनको आडमा अभिभावकहरुबाट विभिन्न शिर्षकमा चर्को शुल्क अशुल गरेको भन्दै आपत्ति जनाएका छन् ।
उनले राज्य सत्ताको आडमा दमन बन्द गर्न चेतवनी दिनुका साथै तत्काल बिद्यार्थीहरुबाट अनैतिक रुपमा अशुल गरीएको रकम अभिभावकहरुलाई फिर्ता गर्न र सबै बिद्यार्थिहरुलाई कक्षा १२ को परिक्षा दिने बातावरण बनाउन मोर्गन कलेजलाई आग्रह गरेका छन् ।
कलेज व्यवस्थापनले प्रहरी लगाएर विद्यार्थी र अभिभावकहरुलाई गिरफ्तार गर्ने, दमन गर्ने, कक्षा १२ को परिक्षाको मौकामा बिभिन्न शिर्षकमा चर्को शुल्क अशुल गर्ने, पैसा तिर्न नसक्ने विद्यार्थी र अभिभावकलाई कलेजको गेट्मा प्रहरी तैनाथ गरेर कलेजभित्र छिर्न नदिने, प्रबेश पत्र नदिने, जस्ता निकृस्ट गैरजिम्मेवार हर्कत गरेको उनको आरोप छ ।
उनले गिरफ्तार गरिएका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न र झुट्टा मुद्दा खारेज गर्न समेत माग गरेका छन् । अन्यथा अध्यक्ष विष्टले अभिभावकहरु कोरोना संकटले थिलोथिलो भएको बेला शैक्षिक माफियाहरुको लुटधन्दाका बिरुद्द कडा सङ्घर्ष गरीने भन्दै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षा शुल्कमा अभिभावक र सम्बन्धीत कलेजबीच विवाद बढेपछि प्रहरीले तीन विद्यार्थीलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ गरी प्रहरी थुनामा राखेको छ ।
शुल्क विवाद बढेपछि उनीहरुले कलेजमा ढुंगा हानेको कलेजको आरोप छ । गत बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना भाइरस (कोभिड–१९) महामारीले गर्दा आगामी मंगलबारदेखि सुरू हुँदैछ ।




प्रतिक्रिया