काठमाण्डु – उपत्यकाबाट चारी भएका २३ वटा मोटरसाइकल तथा स्कुटर ट्राफिक महाशाखाले फेला पारि सवारी धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर आज एक कार्यक्रमकाबीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई बुझाएका हुन् ।
महाशाखाले गत कार्तिक महिनामा पनि २३ वटै मोटरसाईकल सम्बन्धित धनीलाई बुझाएको थियो । महाशाखाले उपत्यका र आसपासका चक्रपथ, नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागर्जुन, सातदोबाटो, कोटेश्वर, काडाँघारी, कंलकी, भैसेपाटी, भिमसेनगोला, गंगालाल, लोकन्थली, कपन, सानेपा, माकलबारी, मंगलबजार, टोखा, विजेश्वरी, र चागल स्वयम्भुलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरेको जनाइएको छ ।
महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बिशेष सुचना संकलन तथा सुराकी मार्फत ती मोटरसाईकल वरामद गरेको एसएसपी भट्टराईले बताए । सवारी हराएको थाहा पाउनासाथ हटलाईन नम्बर ‘१०३’ वा अनलाईन सेवा ‘लस्ट भेहिकल एप्लिकेशन’ लगइन गरेर निवेदन दिन सकिन्छ ।




प्रतिक्रिया