मोटरसाईकल चोरी गर्ने दुईजना पक्राउ


काठमाण्डु –  महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई आईतबार पक्राउ गरेको छ ।

जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ४ बस्ने वर्ष २६ को छेसाङ्ग लामा र वर्ष २३ को शिल बहादुर तामाङलाई चोरी गरेको बा ९९ प ७७३१ नम्वरको सेतो रंगको केटि एम डुक मोटरसाईकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।

त्रिपुरेश्‍वर स्थित अटो क्लिनिक मोटरसाईकल वर्कशपमा बनाई रहेको उक्त मोटरसाईकललाई शंकास्पद लागि अनुसन्धान गर्दा चोरी भएको खुल्न आएको हो । उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२- ००६ प २४९५ रहेको खुल्न आएको छ ।

काठमाण्डौ अत्तरखेलबाट हराएको भनि जिल्ला खोटाङ ऐसेलुखर्क वडा नं. ६ बस्ने सोम कुमार राईले हुलिया सहितको निवेदन यस महाशाखामा दिएका थिए । दुवै जनालाई मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement