सगरमाथामा ज्यान गुमाउनेको संख्या ११ पुग्यो

सगरमाथामा ज्यान गुमाउनेको संख्या ११ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सगरमाथाको चुचुरोमा फेरी एक जनाको निधन भएको छ । योसँगै सगरामाथा आरोहणका क्रममा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । आरोहणका क्रममा अमेरिकी नागरिक क्रिस्टोफर जोन क्युलिसको सोमबार साँझ मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो ।

६१ वर्षीय क्रिस्टोफर सफलतापूर्वक आरोहण गरी बेस क्याम्पतर्फ झर्दै थिए । दक्षिण मोहडामा आइपुग्दा उनलाई एक्कासी मुटुको व्यथाले च्यापेर निधन भएको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिएकी छन् ।