काठमाण्डु – सरकारले हिमाल आरोहण तथा पदयात्रा खुला गरेको छ । पर्यटन मन्त्रालयका अनुसार हिमाल आरोहणका लागि नेपाल आउने पर्यटकले केही सर्त पालना गर्नूपर्नेछ ।
हिमाल आरोहण र पदयात्राको लागि आउने विदेशी नागरिकले नेपालको ट्रेकिङ/आरोहण एजेन्सीसँग समन्वय गरी मात्रै आउन पाउनेछन् ।
त्यस्तै मन्त्रालयले ७२ घण्टाको पीसीआर रिपोर्ट, ७ दिन होटल क्वारेन्टाइनमा बस्नैपर्ने बाध्यकारी नियम बनाएको छ । त्यस्तै शर्तसहित आउने पर्यटकलाई अन अराइभल भिसा दिइनेछ । त्यसको लागि विदेशस्थित कूटनीतिक नियोगबाट भिसा लिनुपर्नेछ ।
कूटनीतिक नियोग नभएका देशबाट आउँदा नेपालमा ट्रेकिङ एण्ड एक्सपिडिसन एजेन्सीजको समन्वयपछि मात्रै आउन पाउनेछन् ।
त्यस्तै पर्यटकले पाँच हजार अमेरिकी डलरको बिमा गरिएको कागजात पेश गर्नुपर्नेछ । साथै पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया