काठमाण्डु– शुक्रबार र शनिबार मधेसबाहेक देशका सबै प्रदेशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले बिहीबार जारी गरेको सूचनाअनुसार शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना छ।
यस्तै मधेस प्रदेशमा वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ।
बागमती गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
शुक्रबार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम हिमपात र वर्षाको सम्भावना छ।
साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित असिनाको समेत सम्भावना छ।
सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन विभाग अनुराेध गरेकाे छ ।





प्रतिक्रिया