आज र भोलि देशैभर वर्षा र हिमपात हुने

आज र भोलि देशैभर वर्षा र हिमपात हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

हिमाली भू–भागमा आंशिक बादल लागी गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षा भैरहेको र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमाान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागी बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातसहित वर्षाको सम्भावना छ। बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ।

यस्तै महाशाखाले बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने सम्भावना देखिएको बताएको छ ।

मंगलबार राति र बुधबार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका केही स्थानमा मध्यम हिमपातरवर्षाको सम्भावना छ।

यस्तै ती २ दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू‍भागका केही स्थानमा मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

यसैगरी बुधबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहितको वर्षाको समेत सम्भावना छ।