चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने


काठमाण्डु – चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने भएको छ ।

निमार्ण पक्षले आइतबार पत्रकार सम्मेलन गर्दै २७ अगष्टमा बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा प्रिमियर शो हुने जानकारी दिएको हो । चलचित्रको छायांकन नेपालका विभिन्न स्थानमा गरिएको छ ।

युवराज राई (वीरबहादुर) द्धारा निर्देशित चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका हुन । एक आर्मीको संघर्षलाई चलचित्रको कथाबस्तुमा समेटिएको निमार्ण पक्षले जनाएको छ । विजया राईको प्रस्तुती रहेको चलचित्रकाे प्रिमियरका लागि दर्शकलाई २० पाउण्ड टिकटदर राखिएको छ ।

संकलित रकम सामाजिक सेवामा खर्च गरिने पनि निमार्ण पक्षले जनाएको छ । चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement