मनोहरा खोला किनारका गाँजा नष्ट

मनोहरा खोला किनारका गाँजा नष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भक्तपुरको मनोहरा खोलाको किनारमा उम्रिएका गाँजाको बोट प्रहरीले नष्ट गरेको छ । दिव्य शक्ति नेपालका अध्यक्ष ३२ नम्बरका प्रहरी साझेदारी संयोजक रोजिना जंगम र नेपाल प्रहरी निरीक्षक सुरेशराज भट्टको नेतृत्वमा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरूको समूहले आज नदी किनार सरसफाइ गरी गाँजाको बोट नष्ट गरेको हो ।

लागूपदार्थ दुव्यर्सनमा फसेका युवाहरूले खोला किनारमा अखडा जमाउन थालेको भन्दै स्थानीयले गुनासो गरेका थिए । युवाहरूलाई लागूपदार्थ दुव्यर्सनबाट रोक्न सरसफाइ सँगै गाँजाको बोट काटेर नष्ट गरेको अध्यक्ष रोजिना जंगमले बताइन् ।गाँजको बोट नष्ट गर्दा आपराधिक मानसिकता बोकेका व्यक्तिहरूको हिँडडुलमा कमी आउने कोटेश्वर प्रहरी प्रभागका निरीक्षक सुरेशराज भट्टको विश्वास छ ।