काठमाडौं – आगामी अक्टोबरमा काठमाडौँमा हुन लागेको नवौं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सम्मेलनमा सचिव पदमा विनय अधिकारीले उम्मेद्बारीको घोषणा गरेका छन् ।
गैरआवासीय नेपाली संघलगायत अन्य थुप्रै सामाजिक सघ संस्थामा आबद्ध रहँदै आएका अधिकारी गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको २०१७–२०१९ कार्यकालको लागि उपमहासचिव छन् ।
डेढ दशकदेखि प्रवासमा रहि विभिन्न संघ संस्था तथा सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अधिकारी एनआरएन युकेमा मात्र नभई केन्द्रीय कार्यसमितिमा समेत उर्जाशिल युवाको रुपमा परिचित छन् ।
केन्द्रीय कार्यसमितिदेखि विश्वभर रहेका गैरआवासीय नेपाली संघ राज्यसमितिमा समेत आफ्नो बलियो पकड बनाएका अधिकारी गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा केन्द्रीय कार्यसमिति सचिवका बलियो दाबेदार हुन् ।
अधिकारी लामो समयदेखि बेलायतमा व्यवसाय गर्दै आएका छन् ।




प्रतिक्रिया