प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट

प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं एसिया तथा प्यासिफक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) कार्यकारी सचिव अर्मिदा सलसिह अलिसझावनाले शिष्टाचार भेट गरेकी छन् ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरुबीच नेपाल र एस्क्यापबीच साझेदारीका विभिन्न विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै उनीहरुबीच अतिकम विकसित राष्ट्रको सूचीबाट नेपाल सन् २०२६ मा विकासिल राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भमा पनि छलफल भएको थियो ।