स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार, यी ५ जनाविरूद्ध मुद्दा दायर

स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार, यी ५ जनाविरूद्ध मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अख्‍तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध मुद्दा दायर भएको छ। स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्‍तियारले काठमाण्डुस्‍थित विशेष अदालतमा पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

जसअनुसार गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, नायब सुब्बा सुजन दाहाल, लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिताकुमारी साह र माध्यमिक तह शिक्षक श्यामप्रसाद यादवविरूद्ध मुद्दा दायर भएको जनाइएको छ ।

उनीहरूले ८ लाख ७४ हजार ३ रुपैयाँ भ्रष्टाचार गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको आरोप छ। गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानेटरी प्याड खरिद गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।

आ.व. २०७७/०७८ मा सरकारले सशर्त अनुदानतर्फ सामुदायिक विद्यालयका छात्राहरूका लागि निस्शुल्क प्याड वितरणका लागि बजेट विनियोजन भएको थियो।