राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिविरुद्ध ७ करोड ३१ लाखको भ्रष्टाचार मुद्दा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिविरुद्ध ७ करोड ३१ लाखको भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उपकूलपति भण्डारी रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक सागर पन्थी,रेडियोलोजी विभागका प्रमुख डा. बोम वि.सी, बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, बोयोमेडिकल इन्जिनियर आशुतोष भण्डारीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

यस्तै कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर अमित कुमार चौधरी, लेक्चरर डा.श्रीसिया पोखरेल, शाख अधिकृतहरू झन्कार लामिछाने, लीला कुमारी देवकोटा र मेघ बहादुर अधिकारी, आई.टी. अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीब बस्नेत, फार्मेसी सुपरभाइजर कृष्ण प्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्यूटर असिस्टेन्ट सतिश बहादुर शाहविरुद्ध मुद्दा दर्ता भएको छ ।

हिमालयन मेडिटेक प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अमर श्रेष्ठ र सन्जु राजकर्णिकारसमेतको आपसी मिलोमतो तथा योजनामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि गुणस्तरहिन तथा मापदण्ड विपरीतको सिटि स्क्यान मेसिन खरिद गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो ।

उनीहरुविरुद्ध ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ बिगो मागदाबी गरि विषेश अदालत काठमाण्डुमा आरोपपत्र दायर गरिएको छ ।