आज मुग्लिन–नारायणगढ सडक २ घण्टा बन्द

आज मुग्लिन–नारायणगढ सडक २ घण्टा बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– तुइन खोला पुल नजिक खसेको पहिरो पूर्ण रूपमा हटाउन काठमाण्डु–मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो अस्थायी रूपमा बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म यातायात रोक्ने तयारी गरिएको हो।

गत शुक्रबार खसेको पहिरोका कारण यो सडकखण्ड करिब ४० घण्टासम्म अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए। आइतबार अपराह्न साढे ४ बजेतिर सडक एकतर्फी सञ्चालनमा आएको भए पनि राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म सुरक्षा कारणले पुनः बन्द गरिएको थियो।

हाल तुइन खोला पुल नजिकको भागमा मात्र एकतर्फी सवारीसञ्चार भइरहेको छ भने अन्य क्षेत्रमा दुईतर्फी गाडी चलिरहेका छन्। दशैंमा घर फर्किने यात्रुहरूको चाप बढ्ने भएकाले बाँकी पहिरो हटाएर सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ।

लामो समयसम्म सडक बन्द हुँदा सवारीसाधनको चाप र लेन अनुशासनको अभावले विभिन्न ठाउँमा जाम देखिन थालेको छ। ट्राफिक प्रहरी र सडक डिभिजन कार्यालयले चालकहरूलाई लेन अनुशासन पालना गर्न आग्रह गरेका छन्।