मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा आयो

मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा आयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मुग्लिन–नारायणगढ सडक खण्ड तुइन खोलानजिक पटक–पटक पहिरो खसेपछि पन्छाउने काम गरिएको छ। पहिरो हटाइएपछि मंगलबार बिहान १०ः५० बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ।

हाल पनि ढुंगा झर्ने क्रम जारी भएकाले सडकलाई दुईतर्फी रूपमा सञ्चालन गर्न नसकिएको र सावधानीपूर्वक गाडी चलाउन आग्रह गरिएको छ।

डिभिजनको सूचनामा भनिएको छ, “मिति भदौ ७ गते मुग्लिन–नारायणघाट सडक तुइन खोलानजिक झरेको पहिरो हटाइसकेपछि सडक एकतर्फी सञ्चालनमा आएको बेहोरा जानकारी गरिन्छ। दुईतर्फी आवागमन खुलाउन प्रयास जारी छ। कृपया लेन अनुशासनको पालना गर्नुहोला।”

यसैबीच, मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोलानजिक पनि पहिरो खसेकाले सडक दुवैतर्फ अवरुद्ध बनेको छ। वैकल्पिक मार्ग प्रयोग गरी सुरक्षित यात्रा गर्न सडक डिभिजनले सवारी चालकहरूलाई आग्रह गरेको छ।