नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ। आज बिहान ५ः२० बजे खसेको पहिरो पन्छ्याएपछि सडकखण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको हो।

इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा पहिरो खसेसँगै सडकमा सवारी आवतजावत अवरुद्ध भएको थियो। बिहान ११ बजेबाट एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्णरुपमा सञ्चालनमा आएको हो।