मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सि पुल नजिकै ढुङ्गा खस्दा र सिमलतालमा पहिरो जाँदा सडक एकतर्फी अवरुद्ध बनेको छ ।

सडक डिभिजन भरतपुरबाट तैनाथ अवस्थामा रहेको मेशिन सम्बन्धित स्थानमा परिचालन भइसकेको छ ।

सडक दुईतर्फि संचालनमा आउन करिब १ घण्टा जति समय लाग्ने सडक डिभिजन भरतपुरले जनाएकाे छ ।

उक्त खण्डमा पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरिएकाे छ ।