नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – पहिरोका कारण अवरुद्ध नरायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । केहीबरे अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिए।

चितवनको  ईच्छाकामना– ६  नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको  थियो ।  पहिरो हटाएसँगैँ सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका  छन् ।  पहिरोका कारण नरायणगढ -मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ ।