जन्म र मृत्यु संस्कारमा नि:शुल्क खाद्य वितरणले स्थानीय खुशी

जन्म र मृत्यु संस्कारमा नि:शुल्क खाद्य वितरणले स्थानीय खुशी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु – नेपाल सरकारले साविकका कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कार गर्न नि:शुल्क रूपमा वितरण गर्दै आइरहेको प्रतिव्यक्ति ३० किलोग्राम चामल पछिल्लो समय प्रभावकारी बन्दै गएको छ ।

वितरण हँुदै आएको साविकको कर्णालीका मुगु, कालिकोट, डोल्पा, जुम्ला र हुम्लामा चामल नि:शुल्क वितरण हँुदै आएको छ ।

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ भदौ २३ गते संसद्मा सम्बोधन गर्दै कर्णाली अञ्चलका नागरिकलाई जन्म र मृत्यु भएका आफन्तलाई सामाजिक संस्कार गर्न प्रतिव्यक्ति २० किलो चामल उपलब्ध गराउने घोषणा गरेका थिए ।

फागुन १ गतेदेखि साविकको कर्णालीका जिल्लामा कार्यान्वयनमा हँुदै आएसँगै आर्थिक वर्ष २०८१/८२ मा पुन: सरकारबाट निर्णय गरी थप १० किलो खाद्यान्न बढाएर ३० केजी पुर्‍याइएको छ । दूरीको हिसाबमा ढुवानी ज्याला समेत दिँदा स्थानीय खुशी भएका छन् ।

खाद्यान्न हरेक आर्थिक वर्ष वितरण केन्द्रबाट आवश्यक प्रमाणपत्रसहित चामल वितरण गरिँदै आइएको छ । मान्छे जन्मिँदा र मृत्यु हुँदा सरकारबाट नि:शुल्क खाद्यान्न पाउँदा आफूहरू खुशी रहेको छाँयानाथ रारा नगरपालिका–१२ बामका पुतसिंह बढुवालले बताए ।

तर आवश्यक कागजपत्र मिलाउन निकै समस्या हुने गरेको सोरु गाँउपालिका ८ की रामदेवी नेपालीले दुखेसो गरिन् ।

सरकारबाट आर्थिक वर्ष ०७३/०७४ बाट साविकका कर्णालीका ५ जिल्लामा बस्दै आएका नागरिकहरूलाई नि:शुल्क वितरण गरिँदै आएको खाद्यान्न निकै प्रभावकारी बन्दै आएको छ ।