एमाले अध्यक्ष ओली पक्राउको विरोधमा मुगुमा प्रदर्शन

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा मुगुमा प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु – नेकपा एमालेले मुगुको सदरमुकाम गमगढीमा विरोध प्रदर्शन गरेको छ ।

शनिबार बिहान पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेपछि विरोधस्वरूप प्रदर्शन गरिएको हो ।

एमाले मुगुका कार्यालय सचिव जयबहादुर नेपालीका अनुसार कार्की आयोगको प्रतिवेदन राजनीतिक प्रतिशोधका आधारमा तयार गरिएको आरोप लगाइएको छ । उनले अध्यक्ष ओलीलाई गैरकानूनी रूपमा गिरफ्तार गरिएको दाबी गर्दै वर्तमान सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिएको बताए ।

पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागितामा गमगढी बजार क्षेत्रमा प्रदर्शन गरिएको थियो । प्रदर्शनका क्रममा सहभागीहरूले सरकारको कदमको विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए ।

एमालेले सरकारको कदमलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएको छ ।