काठमाण्डु – मुगुमा यतिबेला काङ्ग्रेसको चौधौं महाधिवेशनको गर्मी सुरु भएसगै नेताहरू आ–आफ्ना समुहका साझा उमेदवार तय गर्न ब्यस्त छन् ।
देउवा समूहको भने पार्टी सभापतिमा पूर्व सभापति समेत रहेका ऐन बहादुर शाहीको पक्षमा माहोल छ । देउवा समुहका जिल्ला स्तरका नेताहरूको विभिन्न चरणका छलफल र बैठकबाट, सर्वसम्मत या निर्वाचनको रुपबाट भएपनी शाहीलाई कसरी जिताउन सकिन्छ भनेर छलफल मा लागिपरेका छन् ।
अधिवेशनको कार्यतालिका अनुमोदन भएकै दिनदेखी शाहीले आफ्नो समुहका जिल्ला स्तरका नेताहरूलाई सभापतिमा उठ्ने औपचारिक जानकारी गराएका थिए । गाँउ/नगर जिल्लामा लगातार छलफल गरेका उनले अधिवेशनको तयारीमा जुट्न निर्देशन समेत दिएका थिए ।
छलफलमा पूर्व सभापति शाहीलाई सर्वसम्मत या निर्वाचन बाट कसरी विजयी गराउने भन्नेमा लागिपरेको पूर्व उपसभापति पदमबहादुर रावलले जानकारी दिए ।
‘शाही जीले पहिलेको कार्यकालमा सोचे अनुरूप पार्टीलाई अगाडी बढाउन सकिन, अबको कार्यकालमा एकताबद्द र बलियो कांग्रेस बनाउछु भन्नु भएको छ,’ रावलले भने, ‘हाम्रो समुह शाही जीको उम्मेदवारी प्रति एक ठाँउमा छ ।’ जिल्लास्तरका नेताहरूलाई राख्दै महासमिती सदस्य तिलक बहादुर मल्लले मुगु कांग्रेसका लागी मात्र नभई जिल्लाकै हितका लागी शाहीको नेतृत्व आवश्यक रहेको बताए ।
जिल्लाको पछिल्लो राजनीतिक, सामाजिक र विकासका विषयमा पनी शाही जीको नेतृत्व खोजेको तर्क थियो । जिल्लाले नै शाही को नेतृत्व खोजेको छ, यस्तो बेलामा कांग्रेसमा पनी उहाँकै नेतृत्व आउन हामी सबैकालागी सुखद नै हुन्छ, नेता मल्लले भने, अधिवेशनमा शाही जीलाई सकेसम्म सर्वसम्मत नभए मित्रवत प्रतिस्पर्धाबाट जिताउँछौं ।
विभिन्न चरणका बसाईहरूमा नेताहरूले एकढिक्का भएर शाहीलाई जिताउनु पर्ने बताएका छन् । छलफल पूर्व उपसभापति रावल, महासमिती सदस्य तिलक बहादुर मल्ल, पार्टी सचिब मन्जन कार्की, सह–सचिव जन्मजय भण्डारी, महाधिवेशन प्रतिनिधि केशर बहादुर शाही, धनलाल तिरूवा, नगर सभापति बिष्णुकुमार भाम लगायत सहभागी थिए ।




प्रतिक्रिया