उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई

उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकको थप जिम्मेवारी तोकिएको छ ।

मन्त्रालयले शुक्रबार प्रेषित गरेको पत्रअनुसार प्रधानमन्त्री एवं विभागीय मन्त्रीस्तरको निर्णयानुसार सहसचिव डंगोललाई मन्त्रालयको जिम्मेवारीका अतिरिक्त अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

उनलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा १९ बमोजिम महानिर्देशकको थप जिम्मेवारी तोकिएको छ ।

तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वत: निलम्बनमा परेका छन् । त्यसयता प्राधिकरणको महानिर्देशक पद रिक्त रहेको थियो ।