धनी कसरी बन्ने ? यस्ता छन् मुकेश अम्बानीका ८ टिप्स


एजेन्सी – मुकेश अम्बानी संसारकै धनाढ्य व्यक्तिको सूचीमा पर्छन् । मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति हुन् तर विश्वमै उनको हैसियत अग्रपंक्तिमा आउँछ । उनीसँग २४.४ अरब डलर बराबरको सम्पत्ति छ ।

उनले यसै सिलसिलामा धनी कसरी बन्ने भनेर केही टिप्स दिएका छन् । एकपट हेरौं अनि मनन गरौं, जसले तपाईंको जिवनमा पनि परिवर्तन ल्याउन सक्छ ।

यस्तो छ मुकेश अम्बानीले दिएको टिप्स :

१.आफैलाई विश्वास गर र हरेक परिस्थितीका लागि तयार होउ ।

२.पैसाको पछाडी मात्र लाग्दैमा सफल व्यवसायी बन्न सकिदैन ।

३.विजनेशको प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ ।

४.ठूलो व्यवसायी बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ ।

५ दौडको बीचमा आराम गर्नेहरुलाई सफलता प्राप्त हुँदैन । प्रतिस्पर्धी बजारमा कसैले कसैलाई पर्खदैन

६.जब काम देखिन्छ तब कसैले केही बोल्न आवश्यक पर्दैन ।

७.कामका लागि अनुभव ठूलो कुरा हो ।

८.व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्नुस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement