भारतका अर्बपति मुकेश अम्बानीसँग २० करोड भारु माग्दै ज्यान मार्ने धम्की

भारतका अर्बपति मुकेश अम्बानीसँग २० करोड भारु माग्दै ज्यान मार्ने धम्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय अर्बपति मुकेश अम्बानीसँग २० करोड भारतीय रुपैयाँ माग्दै ज्यान मार्ने धम्की आएको छ ।

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष समेत रहेका मुकेश अम्बानीसँग २० करोड रुपैयाँ मागिएको छ, मागिएको रकम नदिए ज्यान मार्ने धम्की दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अपरिचित व्यक्तिले इमेलमार्फत् मुकेश अम्बानीसँग रुपैयाँ मागेका छन् । इमेलमा भनिएको छ, ‘तिमीले हामीलाई बीस करोड रुपैयाँ नदिए हामी तिम्रो ज्यान लिनेछौं । हामीसँग भारतका एकदमै राम्रा सुटर (गोली हान्ने व्यक्ति) छन् ।’

मुकेश अम्बानीलाई अक्टोबर २७ मा शादाब खान नामक इमेलबाट धम्की आएको जनाइएको छ । मुम्बई पुलिसले गामदेवी थानामा आईपीसी धारा ३८७ र ५९६ (२) अन्तर्गत धम्कीको मामिला दर्ता गरेको छ ।