लगातार १२५ घण्टा पढेर बझाङका मुकेशले राखे गिनिज बुकमा रेकर्ड

लगातार १२५ घण्टा पढेर बझाङका मुकेशले राखे गिनिज बुकमा रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ—बझाङका मुकेशराज जोशीले १ सय २५ घण्टा पढेर  गिनिज बुकमा नाम लेखाएका छन्। पुतलीसडक न्यू प्लाजास्थित नेम स्टीच्यूडमा उनले लगातार पढेर १ सय २५ घण्टा पूरा गरेका हुन् । गिनिज इभेन्ट्स नेपालको आयोजनामा बझाङका जोशीले विभिन्न दर्शन, इतिहास, संविधान तथा त्यहाँ उपलब्ध पुस्तकहरु पढेका थिए । गत ५ असोजबाट लगातार पढ्न सुरु गरेका थिए।

नेकपाका नेता भीम रावलले पनि जोशीले राष्ट्रको नाम फैल्याउने काम गरेको भन्दै प्रशंसा गरेका छन् । यसभन्दा अगाडि यो विधामा नेपालकै दीपक शर्माको नाम थियो । उनले ११३ घण्टासम्म पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए । केही दिन अधिमात्र नाइजेरीयाका एक युवकले १ सय २० घन्टा पढेर शर्माको ब्रेक तोडेका थिए । तर उनले प्रक्रिया नमिलेर प्रमाण पाउन भने सकेका छैनन् ।