काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारत लगायतका तेश्रो मुलुकबाट आएकालाई २१ दिन अनिवार्य क्वारेन्टाईनमा बस्न आग्रह गरेका छन्। आइतबार प्रदेशवासीको नाममा सम्वोधन गर्दै मुख्यमन्त्री भट्टले लकडाउनको पालना गर्दै आफु र अरुलाई पनि सुरक्षित राख्न उनले आग्रह गरेका हुन् ।
मुख्यमन्त्री भट्टले भने,‘बाहिर मुलुकबाट आउनु भएका दाजुभाइ तथा दिदीबहिनीलाई आफ्नो नातेदार तथा नजिकका अरू व्यक्तिको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी २१ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा रहन अपिल गर्दछु ।’पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढेको स्मरण गराउँदै मुख्यमन्त्री भट्टले बाह्य मुलुकबाट आएका व्यक्तिको सम्पर्कमा आएकाहरूलाई पनि अनिवार्य स्वास्थ्य जाँच गराउन आग्रह गरे ।
कोरोनाबाट बच्न सतर्क हुनुको विकल्प नभएको भन्दै मुख्यमन्त्री भट्टले लकडाउनलाई पूर्ण रूपमा पालना गरी सेल्फक्वारेन्टाइनमै सुरक्षित हुन अपिल गरेका छन् । साथै संक्रमित देखिएका कैलाली र कञ्चनपुरमा संघीय सरकारले ¥यापिड टेस्ट सुरु गर्ने निर्णय गरिसकेको जानकारी दिदै उनले थप अन्य जिल्लामा पनि विस्तारका लागि आग्रह गरिएको बताए । सुदूरपश्चिमबाट कोरोनाले नेपालमा दोस्रो चरणमा प्रवेश गरेपछि मुख्यमन्त्री भट्टले प्रदेशवासीलाई सम्बोधन गरी सतर्क रहन आग्रह गरेका हुन् ।




प्रतिक्रिया