मुख्यमन्त्री पौडेलद्वारा मदन भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त

मुख्यमन्त्री पौडेलद्वारा मदन भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता स्व मदन भण्डारी तथा जीवराज आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनीहरुको २७ औँ स्मृति दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले जननेता मदन भण्डारीले तत्कालीन समयमा संसारभर घट्दोक्रममा रहेको कम्युनिस्ट विचारधारालाई नवीन विचार प्रतिपादन गरेर विश्वको कम्युनिस्ट आन्दोलनलाई चलायमान बनाएको उल्लेख गरे ।

“संसारको कम्युनिस्ट आन्दोलनलाई चलायमान बनाउने तथा नेपाली कम्युनिस्ट आन्दोलनलाई नवीन विचारमार्फत स्थापित गराउने महान् जननेता मदन भण्डारी तथा कुशल सङ्गठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलले भने ।

पौडेलले सन्देशमा वर्तमान समयमा व्यक्ति र स्वार्थ केन्द्रित राजनीति हाबी भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा स्व नेताहरूको राष्ट्र र राष्ट्रियताप्रति समर्पित रहेर गरिने सेवाभावसहितको राजनीति सबैका लागि र सधैँका लागि प्रेरणा बन्ने बताए ।