मुख्यमन्त्री भट्टले भने : नयाँ बन्ने सञ्चार नीतिबारे शंका नगरौं

मुख्यमन्त्री भट्टले भने : नयाँ बन्ने सञ्चार नीतिबारे शंका नगरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले अब तर्जुमा गर्ने सञ्चार नीति र कानूनबारे सञ्चारकर्मीले कुनै शंका गर्नु नपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडाँैद्वारा बिहिबार धनगढीमा आयोजित सञ्चार नीति र कानून विषयको एक अन्तरक्रियामा मुख्यमन्त्री भट्टले सबैले अपनत्व महसुस गर्न सक्ने किसिमको कानून बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको बताए ।

मुख्यमन्त्री भट्टले भने, “७ नं प्रदेशका पत्रकार तथा सञ्चारमाध्यमका सन्दर्भमा केही न केही नयाँ कुरा गरौँ भन्ने मेरो आफ्नो व्यक्तिगत सोच पनि हो र मैले यसबारे अध्ययन पनि गरिरहेको छु ।” त्यसैगरी, अन्तरक्रिया कार्यक्रममा प्रदेश नं ७ नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले उत्कृष्ट सञ्चार नीति बनाउने सवालमा प्रदेश सरकारलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता व्यक्त समेत गरे ।

उनले भने, “सञ्चारकर्मीलाई आफ्नो कामप्रति गौरवान्वित र उत्साहजनक हुने खालको सञ्चार नीति बनाइनु पर्दछ ।” कार्यक्रममा सहभागी अधिकांश सञ्चारकर्मीले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले अब बनाउने सञ्चार नीति संरक्षणमुखी र नियन्त्रणमुखी नभई सञ्चारकर्मीलाई प्रवद्र्धन गर्ने किसिमको हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।