मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव रोकियो, माओवादीका मन्त्री हटाउने तयारी

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव रोकियो, माओवादीका मन्त्री हटाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मिलेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथी ल्याउन लागिएको भनिएको अविश्वासको प्रस्ताव रोकिएको छ ।

जसपाका सांसदहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न नमानेपछि दुई दलले मात्र बहुमत जुटाउन नसक्दा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव तत्कालका लागि रोकिएको हो ।

८७ सदस्यीय प्रदेश सभामा जसपाका ६ जना सांसद छन् । ६ जनामध्ये तीनजना अविश्वास प्रस्तावको पक्षमा र तीनजना विपक्षमा उभिएको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए ।

अविश्वासको प्रस्ताव आउनु अगाडी मुख्यमन्त्री पोखरेलले एक्सन लिदै माओवादी केन्द्रका मन्त्रीहरु हटाउन लागेका छन् ।
प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन र माओवादीका २ मन्त्रीहरुलाई हटाउने तयारी गरेको जानकारी दिए ।

सकेसम्म यसअघि कै समिकरणमा मिलेर जानका लागि मुख्यमन्त्री पोखरेलले आग्रह गरेपनि सरकारमै बसेर अविश्वासको प्रस्ताव ल्याउन खोजेपछि उनले एक्सन लिएका हुन् ।