विकास र वातावरणबीच सन्तुलन आवश्यक छः मुख्यसचिव वैरागी

विकास र वातावरणबीच सन्तुलन आवश्यक छः मुख्यसचिव वैरागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैैरागीले विकास र वातावरणबीच सन्तुलन आवश्यक रहेको बताएका छन् । उनले हाम्रो जस्तो विकासोन्मुख मुलुकका लागि हरित अर्थतन्त्रमा आधारित विकासको खाँचो रहेको औँल्याउँदै तीव्र विकासको चाहनामा भने वातावरण तगारोका रुपमा देखिन नहुने धारणा व्यक्त गरे ।

वन तथा वातावरण मन्त्रालयले विश्व वातावरण दिवसका अवसरमा आज जुमप्रविधिमार्फत आयोजना गरेको कार्यक्रममा मुख्यसचिव बैरागीले नेपालले वातावरण संरक्षणमा पु¥याएको योगदानका सन्दर्भमा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रुपमा प्रस्तुत हुनुपर्ने बताए ।

सो अवसरमा उनले कोभिड १९ का कारण स्थगित ‘सगरमाथा संवाद’ आगामी अक्टोबरमा आयोजना गरिनेसमेत जानकारी गराए । वातावरण संरक्षणका लागि नीति र कानूनको कमी नभए पनि विश्वस्तरमै यसमा काम गराइमा भने केही ‘ग्याप’ रहेको धारणा व्यक्त गर्दै उनले वातावरण संरक्षण बहुआयामिक विषय भएकाले यसको दिगो व्यवस्थापनका लागि सरोकारवाला सबैको सामूहिक सहकार्य आवश्यक रहेकामा जोड दिए ।