बुटवलका मेयर सुवेदीमाथि पहिरो पीडितले गरे मुक्का प्रहार

बुटवलका मेयर सुवेदीमाथि पहिरो पीडितले गरे मुक्का प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल रूपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई पहिरो पीडितले मुक्का प्रहार गरेका छन् । सोमवार मेयर सुवेदीमाथि बाढी पहिरो पीडितले हातपात गरेका हुन् ।

गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए । उक्त पहिरोका कारणले ५० भन्दाबढी घर जोखिममा परेका थिए ।

आज सो पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले आफूलाई राहत नदिएको भन्दै हातपात गरेका हुन् । मेयर सुवेदीलाई प्रहरी र नगर प्रहरीले जोगाएका थिए ।

पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरूलाई कुनै उचित व्यवस्थापन नगरेकाले आक्रोशित भएर हातपात गरेको स्थानीयले बताएका छन् ।