मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा भारी हिमपात, यात्रा नगर्न आग्रह (तस्वीरहरु)

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा भारी हिमपात, यात्रा नगर्न आग्रह (तस्वीरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मुस्ताङको मुक्तिनाथ मन्दिर परिसमा बाक्लो हिमपात भएको छ । गएरातिबाट मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ क्षेत्रमा हिमपात भएको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै हिमपात भइरहेकाले यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ ।

मुक्तिनाथ दर्शनका लागि गएकाहरु हिमपातका कारण प्रभावित भएका छन् ।

जल तथा मौसम विभागले मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, याकखर्क क्षेत्र, मनाङ–मुस्ताङ थोरङ्लापास, मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने सम्भावना रहेको भन्दै पदयात्रा नगर्न अनुरोध समेत गरेको छ ।