भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथमाः २५ मिनेट पूजा गर्ने

भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथमाः २५ मिनेट पूजा गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुस्ताङ – नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका न्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिर दर्शन तथा पूजा अर्चना गरेका छन् । मुक्तिनाथ दर्शनका लागि मोदी आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत मुस्ताङ प्रसथान गरेका थिए ।

संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, जनप्रतिनिधि र स्थानीयबासीले मुक्तिनाथमा मोदीलाई स्वागत गरेका छन्। मोदीको स्वागतमा स्थानीयवासी परम्परागत वेशभूषामा उपस्थित भएका छन्। मुस्ताङमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको प्रहरीले जनाएको छ । मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको छ ।

मुक्तिनाथ क्षेत्र विकास समितिले मोदीलाई शालिग्राम उपहार प्रदान गर्ने कार्यक्रम छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तर्फबाट मोदीलाई ताम्रपत्र प्रदान गरिने छ। मोदीले मुक्तिनाथ मन्दिरमा करिब २५ मिनेट पूजा गर्ने कार्यक्रम रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए।करिब एक घण्टा मुक्तिनाथ क्षेत्रमा बिताएपछि मोदी काठमाडौं फर्किने कार्यक्रम छ। काठमाडौं आएपछि उनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा पनि गर्नेछन्।