काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न भोलि मंगलबार केन्द्रीय समिति बैठक बस्ने भएको छ ।
मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्नेछ ।
बैठकमा पार्टी अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । ‘अनुशासन समितिले हिजो प्रतिवेदन बुझाएको छ । त्यसमा छलफल गर्छौं । बैठकको एजेण्डामा समसामयिक र विविध पनि छ,’ उनले भने ।
रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई १ हप्ता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएकोमा आयोगले सिफारिस गरिसकेको छ ।




प्रतिक्रिया