काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्कालीन महामन्त्री डा. मुकुल ढकालले सर्वाेच्च अदालतमा दायर गरेको मुद्दामा उनीमाथि भएको कारबाहीको मिसिल कागज झिकाउने आदेश भएको छ ।
महामन्त्रीबाट हटाइएका ढकालले रास्वपालाई प्रतिवादी बनाएर सर्वोच्च अदालतमा दायर गरेको उत्प्रेषणको आदेशमा अन्तरिम आदेश दिने/नदिनेबारे आदेश गर्न कागज झिकाउने आदेश भएको हो ।
आईतबार न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मुद्दामाथि सुनुवाइ गर्दै कागज झिकाउने आदेश गरेको सर्वाेच्च अदालतले जनाएको छ ।




प्रतिक्रिया